ओली पक्ष नेकपा चितवनमा संगठन निर्माण सक्रिय, माडीको विकासमा कुनै कमी हुन दिदैनौ : नेकपा अध्यक्ष पार्वती रावल

 

चितवन : चितवनमा संगठन निर्माण र जनताको विकास भाव बुझ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवन ओली पक्षले जिल्लामा संक्रिउयता देखाएको छ । आफ्ना भातृ संगठनलाई समेत चलायमान बनाउदै ओली पक्ष जनताको घरघरमा पुग्नुका साथ आफ्ना कार्यकर्तालाई एकिकृत गर्ने अभियान समेत थालेको हो ।
नेकपा चितवनकी अध्यक्ष पार्वती रावल जिल्ला अध्यक्षमा चयन भएसगैँ उनले जिल्लामा संगठन विस्तार र जनताको घरघरमा पुग्ने कार्यकर्ता एकिकृत गर्ने अभियान तीव्र पारेकी हुन् । जिल्लाको शहरी भेगदेखि ग्रामिण भेग र गाँउ गाँउमा यतिवेला संगठन निर्माणको अभियानलाई निकै प्रभावकारी ढंगले चलाएको उनले बताईन् ।
यसैविच चितवनको माडीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडी नगर कमिटीद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै अध्यक्ष रावलले माडीको विकासमा कुनै कमी हुन नदिने बताईन् । यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले माडीलाई मणि बनाउने अभियान अन्र्तगत विभिन्न काम भएका छन् उनले भनिन् विकासका लागि संघीय सरकार र प्रदेश सरकारबाट थुप्रै काम भएको छ , थप नयाँ कार्यक्रम आउनेछ ।
अध्यक्ष रावलले माडीको समुन्नत विकासको लागि पार्टी र सरकार तपाईंहरुकै साथमा छ भन्दै माडीवासीको सपना नेकपाले पुरा गर्ने दावी गरिन् । रावलले सरकारले गरेका ठुला ठुला योजना र विकासका कामलाई माडीका केहि पक्षले असहयोग गरेको र काम असफल बनाउन लागिपरेको समेत आरोप लागाईन् । यस्तै कार्यक्रममा बोल्दै जिल्ला सचिव प्रकाश खनालले माडीको मुहार फेर्न गरि सरकारले बोलेर होईन् की काम गरेर देखाउने अभियान तीव्र पारेको स्पष्ट पारे ।

नेकपा माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हरि सापकोटा, पुरुषोत्तम न्योपाने, जिल्ला सचिव प्रकाश खनाल, अनेमसंघ चितवन अध्यक्ष सरस्वती बिष्ट लगायतले बोलेका थिए । कार्यक्रम नेकपा माडी सचिव नारायण अधिकारीले सञ्चालन गरेका थिए ।

Promise Education Consultancy