गुणस्तरकै कारण अब्बल बनेको एशियन कंक्रिट, दिगो विकासका लागि प्राविधिक कार्यशालामा सक्रिय

चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा एशियन कंक्रिटोले दिगो विकासका लागि प्राविधिक कार्यशाला सम्पन्न गरेको छ । कंक्रिटको प्रयोगबाट हुने विकासलाई गुणस्तरीय, प्रभावकारी र दिगो बनाउन स्थानिय जनप्रतिनिधि, ईन्जिनियर र प्राविधिकहरुलाई प्राविधिक कार्यशालामा सहभागी गराईएको हो ।
कंक्रिटका इटा, होलो ब्लक, कंक्रिट ब्लक, कंक्रिट स्ल्याव टाइल्स, रंगिन इटा, रंगिन स्ल्याव जस्ता निर्माण सामाग्रीहरु उच्च गुणस्तरीको प्रयोगमा जोड दिदै एशियन कंक्रिटोले प्राविधिक कार्यशाला आयोजना गरेको ओम सञ्जिवनी कंक्रिटो चितवनका प्रवन्ध निर्देशक निरञ्जन न्यौपाने जानकारी दिए ।  
नेपालका सडकहरुमा विदेशकै झल्को दिने गरी फुटपाथ बनाउने कामले गति लिईरहेको अवस्थामा काम सम्पन्न भन्दा दिगो कंक्रिटोको प्रयोग, यसलाई छनोट गर्ने विधि लगायतका विषयमा एशियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले जानकारी दिए । झाले विस्तारै अपाङमैत्री–वातावरणमैत्री आकर्षक फुटपाथ बनाउने क्रम बढेको बताए ।

“विगतमा फुटपाथ घाँस उमार्ने थलो जस्तो थियो”, झाले भने, “फुटपाथ हिड्दा पनि भुईहेर्दै हिड्नुपर्ने अवस्था थियो, विस्तारै ढुक्कले रमाउँदै फुटपाथमा हिड्ने वातावरण बन्दैछ ।”
विगतमा फुटपाथ निर्माण गर्दा माटोमाथि कंक्रिट बिछ्याउने गरिएपनि आजभोलि बेसनै तयार गरी कार्पेट, गलैचा बिछ्याएजस्तो गरी आकर्षक फुटपाथ बनाउने कामलाई तीव्र पारिएको छ ।
३ वर्ष पहिले स्थापना भएको एशियन कंक्रिटो विगत २ वर्षदेखि बजारमा छ । एशियन कंक्रिटोले उत्पादन क्षमताको करिब ३५ प्रतिशतमात्रै खपत भएको जनाएको छ । एशियन कंक्रिटोका निर्देशक अनिल जटियाले खपत भएका उत्पादनमध्ये ७० प्रतिशत सरकारकै विकास निर्माणमा खपत भएको वताए । 

देशका मुख्य शहरका ठूला होटल, अस्पताल, पेट्रोल पम्म , सरकारी भवन तथा, मल तथा पर्यटकिय केन्द्रहरुटोका उत्पादनहरु देख्न सकिनेछ । जर्मनीबाट डिजिटल प्रविधिमा प्राप्त निर्देशन अनुसार यहा“ कंक्रिटका सामग्री उत्पादन गरिने भएकाले गुणस्तरमा शतप्रतिशत विश्वासिलो रहेको उनको भनाई छ ।

गिटी, बालुवा तथा सिमेन्टको मिश्रणलाई विभिन्न चरणको शुद्धिकरणपछि मात्रै जर्मन प्रविधिबाट उत्पादनको चरणमा लगिन्छ । ६० एमएमका उत्पादनमा ५० टन भार क्षमता र ८० एमएमका उत्पादनमा ९० टनसम्मको भार क्षमता बहन गर्न सक्ने भएकाले एक पटक प्रयोग गरेपछि कम्तीमा १५ वर्ष ढुक्क रहन सकिने कम्पनीको दावी छ ।
भैरहवाको हकुईमा मुख्य कारखाना रहेको एशियन क्रंक्रिटोले दैनिक एक लाख वर्ग फिटमा लगाइने सामग्री उत्पादन गर्दछ । हाल कारखानामा दैनिक एक करोड मुल्य बराबरका सामान स्टकमा रहने बजार विक्री तथा प्रवद्र्धन उपाध्यक्ष श्यामल झाले जानकारी दिए ।
‘पछिल्लो समय देशमा विकास निर्माणको काम तिव्र भइरहेकाछन्,’ उनले भने, ‘देशका विभिन्न विक्री केन्द्रबाट आउने माग पु¥याउन यती त स्टक राख्नै पर्छ ।’ एशियन कंक्रिटो प्रा.लि ले ३ वर्षमै उपभोक्ताको विश्वास जित्दै देशका मुख्य शहरहरुमा रहेका आफ्ना बिक्री शाखाहरु मार्फत उत्पादनको खपत बढेकाले उपभोक्ताले सर्वाधिक रुचाएको कम्पनीले दावी गरेको छ । एशियन कंक्रिटोले हाल ७ वटा मुख्य विक्री शाखा र ७२ वटा उप विक्री शाखामार्फत देशभर सेवा दिइरहेको छ ।

ओम सञ्जिवनी कंक्रिटो चितवनका प्रवन्ध निर्देशक निरञ्जन न्यौपानेले भरतपुर, गैडाकोटका धेरै ठाउँमा कंक्रिटोका सामाग्री प्रयोगमा आएको बताए । उनका अनुसार पटिहानिको अम्व्रेला स्ट्रिट, लंकुको जेम्स फनपार्क, भरतपुर अस्पताल, भरतपुर औधोगिक प्रदर्शनी स्थलको परिसर, क्षेत्रपुरको तरकारी मण्डी, गैंडाकोटको कृषि हाट बजार, निजी घरहरुमा प्रयोग भएको छ ।
कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले वर्षेनी मर्मतसम्भार गर्नुपर्ने बाध्यताबाट छुटकारा दिने भएकाले एशियन कंक्रिटो उपयोगी भएको बताए । “छोटो समयमै ब्लक खुस्किने, पानी लिकेज हुने, खिइने जस्ता समस्याले फुटपाथ कुरुप हुन्थे”, उनले भने, “अहिले विदेशका शहरको जस्तो मनै लोभ्याउने फुटपाथहरु देखिन थालेका छन् ।” उनले गुणस्तर मापदण्ड पुरा गरेर एशियन कंक्रिटोले सबैको मन जितेको बताए ।

Promise Education Consultancy