दलहरुबिच समझ्दारी हुन्छः सभामुख सापकोटा

चितवन : सभामुख अग्निप्रसाद सापकोटाल संसद पुर्नस्थापना भए संगै दलहरुबिच सहमती हुने बिश्वास व्यक्त गर्नु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले संसद नियमित चल्ने बताउनुभयो ।

संसदको आव्हानका लागि सरकारले राष्ट्रपति समक्षा सिफारीश गरीसेको भन्दै उहाँले अब पहिले जसरीनै संसद चल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “पहिले जसरी संसद चलेको थियो । त्यही अनुसार संसद चल्छ । अब पाटीहरुका बिच छलफल र समझ्दारी हुन्छ ।”राष्ट्रपतिवाट संसद आव्हान भए संगै कार्यव्यवस्था समितिको वैठकबाट परामर्श गरि पुरानै तवरले संसद सुचारु गर्ने उहाँको भनाई छ ।

राजनैतिक दलको बिबादले संसदिय प्रकृयालाइ कुने असर नगर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “मैले सहजीकरण गर्ने कुरा हो गर्छु । राजनैतिक दलको विवादले संसदिय प्रकृया रोकिदैन ।” संसद बिघटनको समयमा भएका नियुक्तिको बिषयमा अदालतमा वहस चलिरहेको उहाँको भनाई छ । अदालतमा वहस भईरहेको बिषयमा अहिलेने टिक्काटिप्पणी गर्नु उचित नहुने उहाँले बताउनुभयो ।

Promise Education Consultancy