ओलीसँग लाज सरम छैन, नैतिकताकाे आस गर्नु बेकार हो : प्रकाशमान सिंह

काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताकाे ‘न’ पनि नभएकाे बताएका छन् । काठमाडौंमा शनिबार एक कार्यक्रममा बाेल्दै सिंहले संविधानमा हुँदै नभएकाे अधिकार प्रयाेग गरेर संसद भंग गर्ने प्रधानमन्त्री ओली कुनै नैतिकताका आधारमा त्यहि संसदमा मुख देखाउने भने सवाल उठेकाे बताए  । तर पनि प्रधानमन्त्री ओलीसँग लाज सरम नभएकाे भन्दै नैतिकताकाे आस गर्नु बेकार भएकाे उनकाे भनाइ छ ।

 “जसले अभिभावकत्व दिनुपर्ने हाे उहीँ प्रेसिडेन्ट नै रबर स्टाम्प बनेपछि मुलुक मा राजनीतिक समस्या बढेकाे  छ । जिम्मेवारीमा रहेकाहरु गैरजिम्मेवार बन्दा कस्तो अवस्था आउँदाे रहेछ भन्ने कुरा त संविधान सभाकाे दुई दुई पटक सभा अध्यक्षता गरेका संविधान लेखन मा महत्त्वपूर्ण राेल खेलेकाे बाेलाई र गराई ले प्रष्ट पारि सकेकाे छ,” सुवासचन्द्र नेम्वाङप्रति कटाक्ष गर्दै उनले भने,  “एउटा नेताकाे चाकडी र बचाउमा उहाँले दिएका अभिव्यक्ति नै प्रयाप्त छन् । मुलुकमा अब सबै जिम्मेवार बन्नु पर्छ।”
अहिले परिस्थिति आउनुमा जनता पनि उत्तिकै जिम्मेवार रहेकाे भन्दै ठुला कुरा गरेका भरमा  मत दिएर पठाएकाले गलत  ब्यक्तिको हातमा शासन सत्ता पुगेकाे जिकिर सिंहले बताए ।  मत दिने बेलामा जसले तडकभडक गर्छ, जालझेल गर्छ, अपारदर्शी  कमाएकाे कमाई  खर्च गर्छ तिनलाई मत दिएकाे कारण राजनीति मा विकृति भित्रिएको उनले बताए । राजनीति सेवाभावले गरिनु पर्नेमा कमाउ पेसा बन्नु दुखद् कुरा हाे भन्दै केही दल र नेताका कारण सिङ्गो राजनीति प्रणालीमाथि प्रश्न चिन्ह खडा भएकाे सिंहकाे भनाइ छ ।
उनले भने,  “चारै तिर सेटिङका हल्ला चल्दा पनि  न्यायालयले सहि निर्णयमा दिन्छ भन्ने लागेकाे थियाे र निर्णय पनि सहि दिएकाले ब्यवस्था र संविधानको रक्षा भएकाेमा निकै सन्तुष्टि लागेकाे छ  । म नै विधि मनै कानुन भन्ने लाई न्यायालयको निर्णयले  गलत सावित गरि मनपरितन्त्र राेक्न न्यायालयले गरेकाे साहसिक निर्णयप्रति खुसी छु।”

अब सबै मिलेर काम गर्नुपर्ने बेला आएकाे भन्दै काँग्रेस बाहेक अरुले पाएकाे जिम्मेवारी पूरा गर्न सक्दैन् भन्ने फेरि एक पटक प्रमाणित भएकाे उनले बताए । नेतालाई मात्रै गाली गर्नुभन्दा मतदान गर्नेवेलामा क्यारेक्टर बिचार हेरेर जनप्रतिनिधि र नेता छान्न सिंहकाे आग्रह छ । अहिलेकाे सरकार चारैतिर भ्रष्टाचारले घेरिएकाे भन्दै उनले पाएकाे अवसर सदुपयोग गर्न नसक्ने आदर्शका कुरा गर्नु लाजमर्दो भएकाे बताए । सिंहले सबै दल सबै नेतालाई एउटै नजरले हेर्नुभन्दा असल खराब छुटाउन समेत जनतालाई आग्रह गरे ।

Promise Education Consultancy