कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अस्पताल भर्ना

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।  ५७ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको हो। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। जोशीको अपरेशन गरिएको नेविसंघ नेता सुशान्त आचार्यले बताए ।

जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन् । जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या आएको थियो । यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्  ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगेर फर्केका छन् । सिंहका सहयोगी यूपी लामिछानेका अनुसार चिकित्सकहरूले जोशीको अपरेशन सफल भएको नेताहरूलाई जानकारी दिएका छन् ।

Promise Education Consultancy