दुई लाख घुस रकमसहित एक अधिकृत पक्राउ

मोरङ : नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अधिकृतलाई पक्राउ गरेको हो ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’ बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

Promise Education Consultancy