इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ स्थानमा पुग्यो

 

काठमाडौँ : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ स्थानमा पुगेको छ । लेगमा युनाइटेड ४-० को जीतसहित अन्तिम १६ स्थानमा पुगेको हो ।

युनाइटेडले बिहीबार राति अन्तिम ३२ को दोस्रो लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो ।

युनाइटेडले पहिलो लेगमा जीत निकाले पनि दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगको ४-० को जीतले युनाइटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

स्पेनिस क्लब सोसीडाडका मिकेल ओयार्जाबलले खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए । घरेलु मैदानमा युनाइटेडले युवा खेलाडीलाई मौका दिएको थियो ।

Promise Education Consultancy