अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुँदैन : नेता बस्नेत

चितवन । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आपसी विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोजिएकाले अहिले तत्काल सरकारको नेतृत्व कांग्रेसले गर्न नहुने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले बिहीबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम एवं शिव पौडेलको हत्यारालाई आममाफी दिइएको विरोधमा आयोजित सभामा पूर्व सञ्चारमन्त्री बस्नेतले भने, “अहिले कांग्रेसले जनताको प्रतिनिधित्व गर्नुपर्छ । सरकारको नेतृत्व लिनु हुँदैन ।” जनताले सरकार चलाउने जिम्मा कम्युनिस्टलाई दिएको बताउँदै उनले कांग्रेसले जनताको निर्णय कुर्नुपर्ने बताए ।

अबको कांग्रेस सच्चिन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले रुखमा भोट मात्रै हाल्ने बानी बसाल्ने हो भने पनि सकारात्मक सोचका साथ जित हुने उनले बताए । जनताले दुई तिहाइ नजिकको मत दिएर पठाएको पार्टीले देशमा शासन गर्न नसकेर जनताको मतको अनादार गरेको उनको आरोप थियो । रासस

Promise Education Consultancy