दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान दासलाई

 

काठमाडौँ : विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा.गौरीशङ्करलाल दासलाई प्रदान गरिने भएको छ ।

चिकित्सा र सामाजिक सेवामा उनले गरेको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा.दासलाई सम्मानपत्रसहित रु २ लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको साल्ट ट्रेडिङ कर्पोरेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कर्पोरेशनले नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना प्रथम अध्यक्ष हेमबहादुर मल्लको स्मृतिमा २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।

Promise Education Consultancy