आज कारोबारको अन्तिम दिन नेप्सेमा ४४ अंकको गिरावट

काठमाडौँ : आज कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले घटेको छ ।

आज परिसूचकमा ४४.०४ अंकको गिरावट आउदाँ नेप्से २५ सय ५४.१४ को विन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आएका कम्पनहिरु मध्ये १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य बढेको छ । आज नेप्सेमा १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको मात्रै ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै उपसमूह घटेका छन् ।

Promise Education Consultancy