डोल्पामा रुखले च्यापेर महिला सदस्यको मृत्यु

-रामचन्द्र न्यौपाने
डोल्पा, १३ फागुन । डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा वि.क को रुखले च्यापेर मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जंगलमा भेडा चराउने गएको बेला खस्रुको रुख ढली गम्भीर घाइते भएपछि उपचारको लागि घरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पाण्डेले बताए ।

घटनाका विषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काईगाउबाट प्रहरी टोली खटाइएको छ ।

निज महिला स्थानीय तह निर्वाचन २०७४ मा जगदुल्ला गा।पा। वडा नं।३ को दलित महिला सदस्यमा तत्कालीन नेकपा (माके)बाट निर्वाचितसमेत रहेकी प्रहरीले जनाएको छ ।

Promise Education Consultancy