माछा मर्ने क्रममा करेन्ट लागेर एक को मृतु

खोटाङ : माछा मार्ने क्रममा करेन्ट लगाएर खोटाङका एक व्यक्तिको मृत्यु भएको छ ।

खोटाङको साकेला गाँउपालिका-४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रावाबेसी गाँउपालिका १ मा पर्ने रावा खोलामा माछा मार्ने क्रममा बुधवार दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Promise Education Consultancy