भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ देखि सुरु

एजेन्सी : भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ मा सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।

दिर्घरोगीको हकमा भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानी गर्दै मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानबारे जानकारी दिएका हुन् । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरुले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उनले बताए ।

खोप लगाउनका भारतमा सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको छ भने निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् । निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन/चार दिनमै तोकिदिने मन्त्री जवादेकरले जानकारी दिए । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्याङ्क छ । भारतले जनवरी १६ मा पहिलो चरणको खोप अभियान सुरु गरेको थियो ।

Promise Education Consultancy