युरोपेली मुलुकमा हङ्गेरीले मात्रै चिनियाँ खोप लगायो

एजेन्सी : युरोपेली मुलुकमा हङ्गेरीले मात्रै चिनियाँ खोप प्रयोगको अनुमति दिएको छ ।

हंग्रीको स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप सिनोफार्म लगाउन सुरक्षित रहेको ठहर गरेलगत्तै बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरू भएको छ ।

चिनयाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक हो ।

प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताएका छन् ।

झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उनले बताए ।

युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचनासमेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Promise Education Consultancy