राजश्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन  :  एक करोड बढी राजश्व हिनामिना गरेको अभियोग लागेका चितवन जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई बुधबार पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले ५९ वर्षीय दमाईलाई काठमाडौँस्थित कागेश्वरीबाट पक्राउ गरेको हो ।

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत दमाईले आर्थिक वर्ष २०७४र७५ र ०७५र७६मा उक्त बिगो बराबरको रकम हिनामिना गरेका हुन् ।

सिआईबीको अनुसन्धानले दमाईले ११ वटा नक्कली बिल भरपाई बनाएर उक्त रकम लिएर सरकारी खातामा दाखिला नगरेको पाइएको छ ।

सो कसुरमा अख्तियारले अनुसन्धान गर्दा सरकारी छाप कीर्ते गरेको भेटिएपछि थप अनुसन्धानका लागि सिआइबीमा बुझाएको थियो ।

Promise Education Consultancy