देवघाटको बिकासका लागि सबैसंग सहकार्य गर्छु : अध्यक्ष अधिकारी

देवघाट  : देवघाट क्षेत्र बिकास समितिको अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त अधिकारीले देवघाट क्षेत्रको बिकासका लागि सबैसंग हातेमालो गरेर अगाडी वढ्ने बताएका छन् । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गरेर अगाडी लैजाने भन्दै उनले देवघाटमा रहेका मठ मन्दिर र आश्रमहरुको संरक्षण र प्रवद्र्धन गर्दै अगाडी बढ्ने बताएका छन् । पदभार ग्रहण गर्दै उनले भने, ‘देवघाटमा रहेको स्थानिय तह, स्थानियबासि र आश्रमहरूसंग समन्वय गरेर अगाडी बढ्छु । देवघाटमा लामो समयदेखि समस्याको रुपमा रहेको जग्गा अतिक्रमणलाई व्यवस्थित गर्छु । अतिक्रमण गर्ने व्यक्ति र संघ संस्थासंग बसेर छलफल गरेर समस्या समाधानको बाटो खोजनको लागि योजना बनाउछु । त्यसैगरी नवनियुक्त अध्यक्ष अधिकरीले देवघाटमा रहेको बादरको समस्यालाई व्यवस्थित रुपमा समाधन गर्ने र दाहासंस्कार स्थलमा छाडा छोडीएका गाईहरुलाई पनि व्यवस्थित गरिने बताएका छन् । उनले त्रिकोणात्मक झोलुङे पुललाई अगाडी बताउने सो अवसरमा बताए । कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको बिकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताएका छन् । देवघाट षेत्र बिकास समितिले ठिक समयमा ठिक निर्णयका साथ कामहरु गरीरहेको भन्दै उनले विशिष्ठ धामको रुपमा बिकास गरेर अतिक्रमित भूमिलाई फिर्ता गर्नुपर्ने बताएका छन् । कार्यक्रममा देवघाट गाँउ पालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले स्थानिय तहसंग सहकार्य गरेर काम गर्न आग्रह गरे । उनले देवघाट क्षेत्र बिकासलाई गाँउपालिकाले सहयोग गरीरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताएका छन् । कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव धिरणबाबु घिमिरेको अध्यक्षता रहेको थियो ।

Promise Education Consultancy