ओलीलाई अब राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ : नेता पाण्डे

चितवन :  नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कममिटी तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन् ।भरतपुरमा प्रचण्ड नेपाल पक्षले आयोजना गरेको विजय सभालाई बुधबार सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युगको अन्त्य भएको दावी गरे ।

उनले भने,‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ ‘टाइँ टाइँ फिस’ ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो’ ।

उनले नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने कुरा न्यायाधीशहरूको फैसलाबाट प्रमाणित भएको बताए । अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको उनले बताए ।

नेता पाण्डेले अब ओलीको सेटिङ नचल्ने भन्दै सबै नेता कार्यकर्तालाई एक ठाउँमा आउन आह्वान गरे।

गत माघमा सोही स्थानमा गरिएको सभामा प्रधानमन्त्री ओलीले चितवनबाट निर्वाचित सांसदहरूले जनताका लागि केही काम गर्न नसकेको आरोप लगाएका थिए।

प्रधानमन्त्रीलाई जवाफ दिँदै पाण्डेले प्रधानमन्त्रीबाट बिदा भएपछि ओली राम मन्दिरको पुजारी बन्नुपर्ने बताए ।

‘केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन९तीन जनारु म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ। म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं,’ उनले भने, ‘म एउटा प्रस्ताव गर्न चाहन्छु प्रधानमन्त्री तपाईंलाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ। त्यसो भएपछि उहाँलाई त्यसैले चित्त बुझ्छ।’

Promise Education Consultancy