मृतक चौबाटोमा चिया पिउँदै गरेको भेटिएपछि…

एजेन्सी : भारतको उत्तर प्रदेश देवरियाकाे अस्पतालका मृतक एक व्यक्ति चिया पिउँदै गरेका भेटिएका छन् । सडक दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेका बेला मृतक सडकको चौराहामा चिया पिउँदै गरेका भेटिएका हुन् ।

दुर्घटनामा मृत्युसँगै उनको सनाखतपछि पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको हो । तर, केही समयमै मृतक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेकाे भेटिएका हुन् ।

घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृतकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फुलेश्वर भएको बताएका थिए । उनै व्यक्तिले गाउँमा फुलेश्वरको मृत्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि शव फुलेश्वरकै भएको बताए । पुलिसले शव पोस्टमार्टमका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो ।

गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका फुलेश्वर सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिएका थिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए हुन् । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा पसेर चिया पिउँदै थिए ।

Promise Education Consultancy