ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

मकवानपुर : मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए । उहाँको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्कर दिने ट्र्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

Dead body in a mortuary
You need to add a widget, row, or prebuilt layout before you’ll see anything here. 🙂
ट्र्याक्टरको ठक्करबाट 
मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुर

आक्रमण आगलागी काठमाडौं कोभिड १९ कोरोना कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित कोरोना सङ्क्रमण खोप गण्डकी प्रदेश घाइते चितवन दुर्घटना निधन नेकपा नेकपा एमाले नेकपा माओवादी केन्द्र नेकपा विभाजन नेकपा विवाद नेपाल कम्युनिष्ट पार्टी नेपाली काँग्रेस नेपाली सेना पक्राउ प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी फुटबल बैठक भरतपुर भारत माओवादी केन्द्र मृत्यु मौसम राजनीति राशिफल लकडाउन वर्षा संक्रमण संक्रमणमुक्त सक्रिय संक्रमित सर्वोच्च अदालत सुन स्वास्थ्य हत्या

Promise Education Consultancy