भण्डारा प्रहरी एक्सनमा उत्रिदा ठूलो मात्रामा अवैध लागूऔषध (गाँजा) बरामद

चितवन : चितवन प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर १ स्थित लोथरमा रहेको राष्ट्रिय आधारभूत विद्यालय नजिकबाट अन्दाजी १४० केजी अवैैध लागूऔषध (गाँजा) बरामद गरेको हो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६. ख. १३७१ नम्बरको ट्रकमा गाँजा लैजाँदै गरेको छ भन्ने विशेष सुराकीको आधारमा भण्डाराबाट प्रहरी निरीक्षक गिरी र सशस्त्र प्रहरी बल भण्डाराबाट खटिएको संयुक्त प्रहरीको टोलीले हिजो (बुधबार) राती ९ बजे उक्त परिणामको गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा र ट्रकलाइ अहिले ईलाका प्रहरीले कार्यालय भण्डाराले आफ्नु नियन्त्रणमा लिएको छ भने ट्रकका चालक र गाँजा ल्याउने समूहहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।

भण्डारामा मुद्दा नचल्ने भएकोले आवश्यक कार्वाहीका लागी आज (बिहीबार) ईलाका प्रहरी कार्यालय खैरहनीमा पठाइएको प्रहरी स्रोतले जनाएको छ । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

Promise Education Consultancy