बुटवलमा नेकपा प्रचण्ड-माधव समूहले आज विरोध सभा गर्दै

रूपन्देही । संघीय संसदकाे प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो । दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए । मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताए ।

सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दावी छ ।

Promise Education Consultancy