वालिकाको रक्षा कस्ले गर्ने

सम्पादकीय  : नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएको छ । राज्य व्यवस्था कमजोर भएका कारण बलात्कार जस्तो जघन्ने अपराधका घटनाले प्रसय पाइरहेको छ । लोकतान्त्रिक गणतन्त्र पछि बनेको संविधानले पनि बलात्कारीलाई गर्ने सजायको हदलाई उपल्लो स्थानमा राख्न सकेन । बलात्कारीलाई फाँसी दिने प्राबधान संविधानमा किटान गर्न सकेको भए बलात्कार जस्तो जघन्ने अपराधका घटना अन्त्य हुने निश्चित थियो ।

कमजोर कानुन र त्यही कानुनको पनि कार्यान्वयन पक्ष फितलो भएका कारण अपराधीको मनोबल बढ्को देखिन्छ । बलात्कारको सिकार प्रयाजसो बालिका बनेको देखिदै आएको छ । अखबारहरुमा प्रकाशित समाचारले पनि यसको पुष्टि गर्छ । बालिका माथीहुने बलात्कारको घट्नाले नेपालको सुरक्षा व्यवस्था कस्तो छ भन्ने प्रस्ट देखाउँछ । अधिकाँस बलात्कारका घट्ना आफन्तहरुबाटै भएको पाइएको छ । साथीभाई,आफ्न्त,इष्टमित्रबाटै बलात्कार जस्तो जघन्ने अपराघ हुँदा मान्छे कतिहद सम्म गिर्न सक्दोरहेछ भन्ने आकलन गर्न मुश्किल हुँदैन । सताब्दीको परिर्वतनसंगै मान्छेमा नकरात्मक सोचको विकास हुँदै गएको छ । त्यसैको उपज समाजमा विकृति र अपराधका घटनाहरु भइरहेका छन् । भर्खरै मात्र वीरगञ्जमा ११ बर्षीया बालिका बलात्कृत भएको घटना बाहिर आएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।

ति बालिकालाई बलत्कार गर्ने व्यक्ति बालिकाका बुवाका साथी रहेको खुलेको छ । कोठा खोज्न साथीको घरमा पाहुना भएर बसेका व्यक्तिबाटै बालिका बलात्कृत भएकी हुन । नेपालमा यस्ता अपराधका घट्ना बढ्दै जाँदा सुरक्षा प्रणालीमा समेत आशंका उब्जन थालेको छ । सरकार सत्ता टिकाउन केन्द्रित छ । देशका ठाउँ ठाउँमा हुने यस्ता घटनाको अन्त्य गर्न कसैको ध्यान जान सकेको छैन् । बालिका असुरक्षित बन्दै जाँदा उनीहरुको सुरक्षा कस्ले गर्ने प्रश्न सरकार तर्फ तेर्सिनु स्वभाविक हो । बुवाबाट छोरी,दाइबाट बहिनी,मामाबाट भान्जी असुरक्षित हुँदा हाम्रो समाज कता तर्फ जाँदै छ । मान्छे लोभी र पापी भइसके ।

कसैलाई कसैको बास्ता छैन । नाता सम्बन्धको समेत ख्याल नगर्ने नरपिचासहरुबाट हाम्रा देशका वालिकाहरुले आफ्नो अस्थित्व गुमाउन परेको छ । यस्ता घट्ना पटकै घट्नु हुँदैन । यसलाई कुनै पनि हालतमा रोक्नु पर्छ,अधिकारकर्मीहरु यही भनिरहेका छन,तर कस्ले सुन्ने । वालिकाको रक्षा कस्ले गर्ने भन्ने प्रश्न बारम्बार उब्जने गरेको छ । अब समाज सचेत नहुने हो भने घरघरमै बालिका बलात्कारका घट्ना हुने छन र राम्रो समाज छेदबेच्छेद हुने निश्चित छ ।

Promise Education Consultancy