बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, मेस्सीको उत्कृष्ट प्रदर्शन

एजेन्सी : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा पुगेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

तर मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

जोर्डी अल्बाको सहयोगमा ८०औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेपछि बार्सिलोनाले खेल २-१ ले जित्यो ।

Promise Education Consultancy