उवासंघ खैरहनी चुनाव :: नेकपा निकट अध्यक्ष पदकी प्रत्यासी ओलीको दावी : हाम्रो जीत भईसक्यो, घोषण मात्रै बाँकी !

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी उद्योग वाणिज्य संघमा आसन्न निर्वाचनको माहोल तातेको छ । आगामी अधिवेशनका लागि यतिवेला नेकपा निकट र काँग्रेस निकटका व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी मैदानमा छन् । विशेष गरी नेकपा निकटका व्यवसायीहरुले चुनावी मैदानमा सक्रियता बढी देखिएको छ ।

व्यवसायीको सुरक्षा र संघको संस्थागत विकासलाई मुख्य योजना बनाएर अगाडी बढेको शेषकुमारी सडौला ओली टिमको सक्रियता यतिवेला ह्वातै बढेको छ। ओली निकट मानिने नेकपा निकटका व्यवसायीहरुको प्यानलले २ सय मतले आफुहरु अगाडि रहेको दावी गरेका छन् । निर्वाचन परिचालन समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा आफुहरुको जित सूनिश्चित भईसकेको बताउदै घोषण मात्रै हुन बाँकी रहेको दावी उनीहरुले पत्रकार समक्ष प्रस्तुत गरे ।   
व्यवसायिक सुरक्षा, सामाजिक विकास, बजार व्यवस्थापन र आर्थिक विकास लगायत स्पष्ट खाकाँ सहित निर्वाचनमा होमिएको सो प्यानले जीत नजिक पुगेको बताएको छ ।

खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार बनेकी ओलीले सबै वडामा संघको पहिचान बनाउन आफ्नो उमेदवारी रहेको बताएकी छिन् ।
आगामी माघ १८ र १९ गते हुने संघको १० औँ साधरणसभा तथा ५ ओैं अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिएकी ओलीले हाल संघको पहिचान बजार क्षेत्रमा मात्रै रहेकाले अबका दिनमा सबै वडामा संघको पहिचान बनाउन आफुहरु लागि पर्ने बताइन् ।
आफू सदस्य, महासचिव र द्वितीय उपाध्यक्ष हुदै अध्यक्ष पदमा उमेदवारी दिएको बताउदै सडौलाले खैरहनीमा महिला व्यवसायी अगाडि बढ्न नसकेकाले त्यसको लागि पनि आफुले पहल गर्ने बताइन् । उनले खैरहनी मात्रै नभई चितवनको ईतिहासमा नै पहिलो महिला अध्यक्षका रुपमा आफुहरु अगाडी बढेकोले अब व्यवसायमा पनि महिलाको प्रभाव चितवनले देखाउने बताईन् ।
उनले सबै व्यवसायीलाई विभेद रहित ढंगले समेट्ने बताउदै व्यवसायीलाई भैपरि आउने दुर्घटनामा सहयोग होस् भनेर कोष माफर्त अबका दिन आफुहरुले सहयोग गर्ने नीति बताउने स्पष्ट पारिन् ।

उनले व्यवसायिक सुरक्षा प्रमुख विषय भएकाले जीतसंगै व्यवसायिक सुरक्षालाई प्राथमिकता दिएर काम गर्ने बताए । उनले खैरहनीको मात्रै नभई पूर्वी चितवनको आर्थिक र सामाजिक विकासको लागि स्थानीय तहसंग सहकार्य गरी अर्थपूर्ण काम गर्ने भन्दै उनले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको चौतर्फी विकासमा ध्यान केन्द्रित गदै पहिलो पटक महिलाले नेतृत्व गर्न लागेकोले पनि यो अवसरमा सबैको साथ रहेको थप स्पष्ट पारिन् ।

उनले संघको संस्थागत विकास, सहकार्य र साझेदारी, व्यवसायको प्रर्वद्धनात्मक कार्यगर्दै बजार व्यवस्थित गर्ने, उद्योग व्यवसायको विकास गर्दै रोजगारी सृजना गर्ने एजेण्डसहित आफुहरुको नेकपा निकटका व्यवसायीहरु प्रतिबद्ध रहेको बताईन् ।

त्यस्तै नेकपा प्यानलबाट वाणिज्य तर्फ सदस्य पदमा क्रमश अर्जुन लम्साल, लक्ष्मण निरौला, तिलमणि पाठक, प्रेम वि।क।, विनोद नेपाल, अजय कुमार रावल, दुर्गा घिमिरे , प्रेम नारायण जोशीको उमेदवारी रहेको छ ।

उद्योग तर्फ नेकपा प्यानलमा सदस्यमा क्रमशः रामेश्वर पोख्रेल, चिरञ्जीवी अर्याल, रामशरण कार्की, लालमणी कुंवर, नवीन कुमार श्रेष्ठ र अम्मर राज उप्रेतीको उमेदवारी रहेको छ ।

संघमा कुल १४३० मतदाता रहेका छन् भने अध्यक्ष र सदस्य पदमा निर्वाचन हुनेछ । सदस्यमा निर्वाचितलाई पछि अध्यक्षले पदाधिकारीमा नियुक्त गर्न पाउने संघमा विधान रहेको छ । कार्यक्रम प्यानल निर्वाचन परिचालन समिति संयोजक कुल प्रसाद भुषाल, नेकपा जिल्ला सदस्य कमल राज पाठकसहितको सहभागीता थियो ।