थप ३०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय ३ जना कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका ३ सय ३ जनासहित देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ । यीमध्ये ३ हजार २ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयकाअनुसार देशभर थप २ सय ८५ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २ हजार १७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै मृतकको संख्या २ हजार १७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Promise Education Consultancy