चितवनमा पहिलो कोरोना विरुद्ध खोप डा. तिवारीले लगाए

चितवन : सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाएका थिए । भने चितवनमा भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीले लगाएका थिए । यस्तै टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको थियो ।
यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो । कोरोना विरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ ।  भरतपुर अस्पताल, रत्ननगरको बकुल्लहर अस्पताल र माडीको बघौडा अस्पतालबाट जिल्लाभर कुल ६ हजार २ सय जनालाई खोप दिने तयारी चितवनको रहेको छ ।
भतरपुरमा मात्रै संघीय मातहतको भरतपुर अस्पतालको केन्द्रबाट ४ हजार ५ सय जनालाई खोप लगाउने तयारी छ । जिल्लामा अहिले ४ हजार २ सय डोज खोप आएको र छ प्रतिशत खेर जाने अनुमान गरिएको उनले बताए।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी,एम्वुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

Promise Education Consultancy