राइजिङ्ग विउटी कुइनको उपाधी प्रेश्ना न्यौपानेले जितिन (फोटो फिचर)

चितवन : द राइजिङ्ग विउटी कुइन चितवन २०२१ को उपाधि प्रेश्ना न्यौपानेले जितेकी छन् । ओए इभेन्ष्ट्सको आयोजनामा भएको सुन्दरी प्रतियोगितामा प्रेश्ना न्यौपानेले उपाधी जितेकी हुन् ।

पानारोमा गार्डेनमा भएको फाइनलमा उनले अन्य ८ प्रतिस्पर्धीलाई पछि पादै उपाधी उचालेकी हुन् । त्यस्तै फष्ट रनरअप सुनिता हिरिंग हुँदा सेकेण्ड रनरअप चादनी मगर भइन। उपाधी जितेकी प्रेश्नाले बिशेष गिफ्ट ह्याम्पर प्राप्त गरिन। गत पुष २० गते अडिसन राउण्ड गरि छनौट भएका १५ प्रतिस्पर्धी मध्ये ९ जना फाइनल पुगेका थिए ।  त्यस्तै आयोजकको रोजाइमा बर्षा महतो पहिलो हुँदा आइस्था केसी उदियमान सुन्दरी घोषित भइन । त्यस्तै पहिलो रनरअप सुजुता गुरुङ भइन ।

कार्यक्रमका प्रमुख अतिथि दिपक खांडले कला संकृति र प्रतिभाको कदर गर्दै हुने सुन्दरी प्रतियोगिताले प्रतिभालाई प्रोत्साहन मिल्ने बताए । उनका अनुसार महिला सशक्तिकरण र महिला नेतृत्व विकास गर्न यस्ता कार्यक्रमले बिशेष सहयोग पुग्ने गर्छ ।

बिजेताले म्युजिक भिडियो, डाइरेक्टरको रोजाइमा चलचित्रमा अभिनय गर्न पाउने र विभिन्न व्यक्तिवविकासका कार्यक्रममा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । कार्यक्रमलाई एम्पाएर कन्सल्टेन्सी, ओम श्री सुन चाँदी, हंग्री टम, बोहोरा सप्लायर्स, बाग्लुङ्ग कालिका सुन चाँदी, एलेफेंट गेस्ट हाउसले सहयोग गरेका थिए। पुजा मगर, दिपक खांड, सेखर खनाल, राजकुमार दर्जीको निर्णायक प्यानलले बिजेता टुंगो लगाएको हो । कार्यक्रममा युवा समाजसेवी मन्जु खांडको समेत बिशिस्ट आतिथ्यता थियो ।