निर्वाचन आयोगले ओली र प्रचण्डलाई पठाएको ११ पृष्ठको पत्र यस्तो छ

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णुप्रसाद पौडेल महासचिव भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आधिकारिक भएको पत्र नेकपाका दुबै समूहलाई पठाएको छ ।

आयोगको आइतबार बसेको बैठकको निर्णयसहितको पत्रमा नेकपामा देखिएका दुबै समूह आधिकारिक नभएको र दुबै समूहले पठाएको विवरणहरु आधिकारिक रुपमा अद्यावधिक गर्न आयोग असमर्थ रहेको बताएको छ ।

आयोगले नेकपाको प्रमुख पदाधिकारीमा ओली रहेका र महासचिवले अध्यक्षद्वयसँगको समन्वयमा डाकेको बैठकका निर्णयहरुमा दुबै अध्यक्षको हस्ताक्षर भएपछि मात्रै आधिकारिक हुनेपनि पत्रमा उल्लेख गरेको छ ।