चितवनका यि हुन् मूल्यसूची नराख्ने कारबाहीमा परेका ९ वटा पसल

चितवन : वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले चितवनको नारायणगढमा रहेको बजारहरुको आज (मंगलबार) अनुगमन गरेको छ । अनुगमनका क्रम्मा नियम अनुसार मूल्यसूची नराख्ने यहाँका ९ वटा पसललाई कारबाही स्वरुप ३ लाख ९० हजार रुपैयाँ जरीवाना गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेका अनुसार बजारमा मूल्यसूची नराख्ने उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ५०/५० हजार रुपैयाँ जरीवाना गरिएको हो ।
त्यस्तै, भरतपुर २ मा रहेको एसएच ट्रेडर्स र भरतपुर १० मा रहेको ओमसाइराम प्लास्टिक सप्लायर्सलाई भने २०/२० हजार रुपैयाँँ मात्रै जरीवाना गरिएको छ । जरीवाना गरिएको उक्त रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन निर्देशन समेेत दिइएको सूचना अधिकारी खत्वेको भनाइ छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय चितवन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढका प्रतिनिधी समेतको सहभागीता रहेको थियो ।
मूल्यसुची नराख्ने पसलहरु :
१. भरतपुर ५ मा रहेको श्रेष्ठ कन्सर्न,
२. भरतपुर २ मा रहेको नेशनल ट्रेड बिजनेस,
३. भरतपुर २ मा रहेको एसएच ट्रेडस चुरा कस्मेटिक पसल,
४. भरतपुर २ मा रहेको विनोद एण्ड डिला इम्पोरियम,
५. भरतपुर २ मा रहेको चितवन पर्दा हाउस,
६. भरतपुर २ मा रहेको पलमी इन्जिनियरिङ इन्टरप्राइजेज
७. भरतपुर ३ मा रहेको गुप्ता धागो स्टोर्स
८.भरतपुर १० मा रहेको ओमसाइराम प्लास्टिक सप्लायर्स

Promise Education Consultancy