प्रचण्ड काजी बालाई अन्तिम श्रद्धाञ्जली दिदै शव यात्रामा सरिक (फोटोफिचर)

चितवन : नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, कर्मठ योद्धा मार्गदर्शक (काजी बा) खम्बसिंह कुवँर मंगलबार बिहान उपचारको क्रममा मुत्यु भएको छ । ९५ वर्षीय काजी बा विगत लामो समयदेखि प्रेसर, सुगरसहितको विभिन्न दीर्घ रोगबाट पीडित हुनुहुन्थ्यो ।

काजी बाको भरतपुर अस्पतालमा उपचारको क्रममा मुत्यु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो । उहाँ पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीति गुरु समेत हुनुहुन्छ । निमोनिया र दुवै मृगौलाले काम नगरेपछि उपचारकै क्रममा उहाँको मुत्यु भएको हो ।     

काजीबालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिनुभयो। सो क्रममा अध्यक्ष प्रचण्डले आफै कुँवरको शव बोक्दै शव यात्रामा सरिक हुनुभयो । उक्त अबसरमा नेता प्रचण्ड काजीबा आफ्नो कम्युनिष्ट ईतिहासको खम्बा भएको र उहाको निधानले कम्युनष्टलाई ठुलो क्षति पुगेको बताउनु भयो ।
वर्तमान परिस्थीतीमा उहाहरु जस्तो पार्टी एकिकरणको पक्षमा रहने उहा जस्तो नेताको अपरसहार्य भएको उहाले बताउनु भयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

आमा पुतली कुँवर र बुबा ललितजंग कुँवरका ११ सन्तानमध्ये कान्छा काजीबाको जन्म १९८४ साल बैशाख १० गते लमजुङ जिल्लाको बाङ्ग्रे गाउँमा भएको थियो ।
२०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका खम्बासिंहका सात जना दाजु र तीन जना दिदीले यो संसार छाडिसकेका छन् । बाल्यकालमा गाउँमा विद्यालय नभएको कारण खम्बासिंहले पण्डित लोकनाथ भण्डारीबाट अक्षर चिनेर चण्डी, दुर्गाकवच लगायतका पुस्तक पढे । २००० सालमा लमजुङकी धीरा थापासँग लगनगाँठो कसेका थिए । बिहेपछि २००६ सालमा भारतको गोरखपुरमा गई भारतीय सेनामा भर्ती भएका कुँवर चार वर्ष सैनिक जीवन व्यतित गरेपछि २०१० सालमा घर फर्किएका थिए ।

पुराना कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ।