‘सरकार चलाउन नसके राजीनामा दिने हो, विघटन गर्ने अधिकार छैन’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजालासमा अहिले सरकारले गरेको संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा अहिले रिट निवेदकतर्फको बहस जारी छ ।

बहसका क्रममा वरिष्ठ अभिवक्ता शम्भु थापाले अहिलेको सरकार र प्रधानमन्त्रीलाई संसद विघटनको सिफारिस गर्ने अधिकारनै नभएको दोहोर्याएका छन् । उनले अहिलेको प्रधानमन्त्रीले सरकार चलाउन नसकेको अवस्थामा राजीनामा दिने विकल्पमात्रै रहेको बताए ।

बहसका क्रममा थापाले भने, सरकार चलाउने मन नभए राजीनामा दिने हो, संसदमा नगइकन प्रधानमन्त्री र संसद कसरी सकिन्छ ? संसद विघटन गर्न त अधिकारै छैन ।

Promise Education Consultancy