प्रतिनिधिसभा विघटनविरुद्ध आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

संवैधानिक इजलासमा आजको सुनुवाइ पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका छन् । सोमबार दिउँसोदेखि चलेको उनको बहस सकिएको थिएन । सुनुवाइको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

यसअघि सोमबारको सुनुवाइमा वहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँगै अलग्गै संविधान भएको भन्दै कटाक्ष गरेका थिए ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न तीन सयभन्दा भढी वकिलहरुले वकालतनामा लेखाएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको सुनुवाइ गरिरहेको छ ।