प्रचण्डका राजनिति गुरु (काजी बा) खम्बसिंह कुवँरको निधन

चितवन : नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, कर्मठ योद्धा मार्गदर्शक (काजी बा) खम्बसिंह कुवँर आज विहान उपचारको क्रममा मुत्यु भएको छ ।

९५ बर्षिय काजी बा विगत लामो समयदेखि प्रेसर, सुगरसहितको विभिन्न दीर्घ रोगबाट पीडित काजी बाको भरतपुर अस्पतालमा उपचारको क्रममा मुत्यु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी गराए । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनिति गुरु समेत हुन् काजी बा ।

निमोनिया र दुवै मृगौलाले काम नगरेपछि आज उपचारकै क्रममा उनको मुत्यु भएको हो । काजी बाको निधनसगैँ नेकपा अध्यक्ष प्रचण्ड आज चितवन पार्टी कार्यालयमा आएर अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको छ । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिएसगैँ उनको आजै देवघाटमा दाहसंस्कार समेत गरिने परिवारिक स्रोतले जनाएको छ ।

१९८४ मा लम्जुगंमा जन्मीएका पछि चितवनमा बसाई सराई गरेर आएका हुने् । भने उहाको २ छोरा ४ छोरीहरु रहेका छन् । भारतीय सेनाको जागरि छोडेर देश जनताको मुक्तिका लागि २०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिई विभिन्न पद रहेर काम गरेका थिए । २०३१ सालको चौथो महाधिवेशनबाट पोलिटव्यूरो सदस्य निर्वाचित भई निरन्तर रुपमा सर्वहार जनताको मुक्तका लागि निरन्तर वर्गसंघर्ष होमिएका थिए ।