तनहुँमा १० फरार अभियुक्त पक्राउ

तनहुँ : तनहुँमा बिभिन्न मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका १० अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । माघ ११ गते लागु औषध गाँजा मुद्दामा बिगत १ बर्ष देखी फरार रहेकी जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं २ को भेटघाटचोकका ३० बर्षीय साहिदा भन्ने सना खान, सम्बन्ध बिच्छेद मुद्दामा फरार ७ जना, जालसाजी मुद्दामा फरार १ जना र लुटपिट मुद्दामा फरार १ जना गरी १० जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । साथै उनीहरुबाट ८ महिना कैद र रु १९,५०० जरिवाना समेत तिराइएको छ ।

Promise Education Consultancy