खैरहनी उवासंघको अध्यक्षमा ओली र श्रेष्ठको उम्मेदवारी

खैरहनी : खैहरनी उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि शेषकुमारी ओली र दिपेन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । नेकपा निकट व्यवसायीको तर्फबाट ओली र नेपाली कांग्रेस निकट व्यवसायीको तर्फबाट श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । संघको नयाँ कार्यसमिति चयनका लागि सुरू भएको निर्वाचन प्रक्रिया अन्तर्गत आइतबार मनोनयन दर्ता गरिएको छ । सहमतिको प्रयास असफल भएपछि नयाँ नेतृत्व निर्वाचनबाटै हुने पक्का भएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले बताए ।

आगामी कार्यकालका लागि नेकपा र नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुले प्यानल बनाएर मनोनयन दर्ता गराएका छन् । नेकपा निकट व्यवसायीको तर्फबाट अध्यक्षमा शेषकुमारी ओली र नेपाली कांग्रेस निकट व्यवसायीको तर्फबाट दिपेन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचनले अध्यक्ष र एसोसिएट उपाध्यक्ष प्रत्यक्षरुपमा चयन गर्ने व्यवस्था रहे पनि बाँकी पदाधिकारीका लागि निर्वाचित सदस्यबाट मनोनयन गर्ने संघको प्रावधान छ । एसोसिएट उपाध्यक्षमा भने नेपाली कांग्रेस निकट व्यवसायी शिवप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नेकपा निकट व्यवसायी बुद्धिराज डल्लाकोटीले उमेदवारी फिर्ता लिएपछि उप्रेती एसोसिएट उपाध्यक्षमा निर्विरोध भएका हुन् ।

नेकपा निकट व्यवसायीको प्यालनबाट वाणिज्य सदस्यमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, प्रेमनारायण जोशी, प्रेमबहादुर विक, अजय कुमार रावल, दुर्गा घिमिरे र तिलकमणि पाठकले उम्मेदवारी दर्ता गराएका छन् । सोही प्यानलबाट उद्योग सदस्यमा रामेश्वर पोखरेल, चिरञ्जीवी अर्याल, नवीनकुमार श्रेष्ठ, अम्मरराज उप्रेती, लालमणि कुँवर, रामशरण कार्की र रामकृष्ण चौधरीको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट उद्योग वाणिज्य सदस्यमा कुमार खनाल, केदारनाथ बर्तौला, विनोद अर्याल, अनिल श्रेष्ठ, विक्रम खड्का, प्रशान्त अधिकारी, रामेश्वरप्रसाद चौधरी, रामचन्द्र विश्वकर्मा र क्षेत्रबहादुर रावलको उम्मेदवारी परेको छ ।

सोही प्यानलबाट उद्योग सदस्यमा किरण बुर्लाकोटी, अनुप अधिकारी, शंकर कँडेल, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे र विक्रम चौधरीले उम्मेदवारी दिएका छन् । संघको वार्षिक साधारण सभा तथा अधिवेशन यही माघ १८ र १९ गते हुँदैछ । निर्वाचनमा १ हजार ३४० जना उद्योगी तथा व्यवसायीहरुले मताधिकार प्रयोग गर्न पाउने छन् ।