महाेत्तरीमा सवारी दुर्घटना, दुईकाे ज्यान गयाे

महोत्तरी । गौशाला–सम्सी सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा बलवा नगरपालिका–९ का १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ का १७ वर्षीय गुड्डु नदाफले ज्यान गुमाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नम्बरकाे ट्रिप्परले उनीहरु सवार माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुकाे घटनास्थलमै ज्यान गएकाे उहाँले जानकारी दिनुभयाे ।

घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने ट्रिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । रासस