बटुक दल गण जनतासँगको सम्बन्ध प्रगाढ बनाउदै, भरतपुर महानगरलाई हस्तान्तरण गर्यो सुविधायुक्त बहुउद्देश्यीय हल

चितवन : आम जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले चितवनमा विभिन्न विकास निर्माणका काम थालेको छ । जिल्लाको भरतपुर महानगरपालिकाको वडा नंम्बर २२ को गर्बेटाँडीमा सुविधायुक्त उद्वार केन्द्रसहितको बहुउद्देश्यीय हल भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

निर्माण सुरु गरेको झण्डै साढे महिनामा निर्माण पुरा गरि आज एक समारोहका विच सुविधायुक्त उद्वार केन्द्रसहितको बहुउद्देश्यीय हल भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई हस्तान्तरणसगैँ उद्धघाटन समेत गरिएको हो । 

नवनिर्मीत हलको एक समारोहका विच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र नेपाली सेनाको मध्य पृतना हे.क्वा. हेटौडाका पृतनापति ताराध्वज पाण्डेले संयुक्त रुपमा शिलालेख अनावरण र रिवन काटेर उद्धघाटन गरेका थिए ।   
सेनाले स्थानीयवासीसँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिने अभियान अन्र्तगत चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ बटुकदल गणले नागरिक– सैनिक सम्बन्ध अभिवृद्धि गर्न सुविधायुक्त उद्वार केन्द्रसहितको बहुउद्देश्यीय हल निर्माण गरेको बटुकदल गणका प्रमुख एवंम् गणपति अरूण श्रेष्ठले जानकारी दिए ।
बहुउद्धेश्यीय हल निर्माण र यसको उपयोगिता बारे जानकारी दिदै श्रेष्ठले नेपाली सेना नागरिकको आर्थिक सामाजिक गतिविधी बृद्धिमा लागिरहेको स्पष्ट समेत पारे । सेनाबाट प्राप्त १० लाख रुपैयाँ, श्रमदान, स्थानिय सरकारका प्रतिनिधीहरूसँग समन्वय र सहकार्य गरी भरतपुर-२२ बोटेटोल स्थित गर्बेटाँडीमा कुल १८ लाख रूपैयाँको लागतमा बहुउद्देश्यीय हल निर्माण पुरा गरिएको श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा बोल्दै मेयर रेनुले नेपाली सेनाले नागरिकको सेवामा थालेको विकास निर्माण सहकार्य अभियान महत्वपूर्ण भएको बताएकी छिन् । उनले बहुउद्धेश्यीय भवनमा बाढीपहिरो पिडितहरूको प्राथमिक उद्धारका साथै विविध आर्थिक सामाजिक विकासका लागी उपयोग गरिने बताइन् ।

‘जंगली जनावरको प्रभाव र राप्ती नदीमा डुबानको बढी जोखिम छ’,उनले भनिन्–‘ त्यसको न्यूनिकरणमा भरतपुर महानगरपालिकाले योजनावद्ध ढंगले काम अगाडि बढाएको छ ।’ प्रमुख दाहालले समुदायको हितका लागी बहुउद्धेश्यीय हल निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेकोप्रति बटुकदल गण कसराका पृतनापती ताराध्वज पाण्डेलाइ धन्यवाद व्यक्त गरिन् ।
यस्तै कार्यक्रममा पृतनापति ताराध्वज पाण्डेले नागरिक सहकार्यमा सैनिकले विगतदेखी उल्लेख्य काम गर्दै आएको बताउदै नेपाली सेनाले राष्ट्रिय सुरक्षा ,प्राकृतिक संरक्षण, विपत् व्यावस्थापन राहत र उद्दारका साथै विकास निर्माणमा उल्लेख्य भूमिका खेलिरहेको जानकारी दिए । उनले बहुउद्धेश्यीय भवन समुदायको हितमा उपयोग हुने विश्वास समेत व्यक्त गरे ।

भरतपुर महानगरपालिका वडा न २२ का वडाध्यक्ष बिष्णुराज महत्तोले नेपाली सेनाको बटुक दल गणले निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको यो बहुआयामिक हल विपत् व्यवस्थापनका साथै समुदायको हित र आयआर्जनको रूपमा उपयोग गर्ने बताए । हल निर्माण भएसंगै बाढीपिडित ,दैविक प्रकोप तथा सामाजिक कार्यहरुलाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरिएको छ ।

बर्षातको समयमा राप्ती नदीमा आउने बाढीले बोटेटोल आसपासका क्षेत्रहरुमा बसोबास गर्ने करिव ६८ घरधुरी प्रत्यक्ष रुपमा डुवानमा पर्ने हुंदा उक्त डुवानमा परेका स्थानीयबासीहरुलाई उद्धार गरि सुरक्षित साथ राख्न, उक्त इलाकामा गरिव तथा बिपन्न बोटे समुदायका मानिसहरु बसोबास गर्ने हुंदा उक्त भवनमा बाढी प्रभावित ब्यक्तिहरुलाई राख्न, स्थानीय बासिन्दाले परम्परागत तथा सांस्कृतिक कार्यक्रम लगायत सामाजिक भेला तथा बैठक आयोजना गर्न भवन उपयोगी हुने बटुक दल गणको विश्वास छ ।

हलमा अबका दिनमा तालिम, सेमिनार, गोष्टी लगायतका सामुहिक कार्यक्रमहरु आयोजना गर्न र उद्वार केन्द्रसहित सुविधायुक्त विजुली, पानी, ट्वाइलेट, बाथरुम आदि रहेको छ ।