एक बलमा एउटा व्यक्ति दुई पटक रनआउट ! (भिडियो)

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिगको आइतबारको खेलमा अचम्मको घटना भएको छ । सिड्नी थन्डर र एडिलेड स्ट्राइकर्सबीचको खेलमा एउटै बलमा एउटै ब्याट्सम्यान दुई पटक आउट भएका छन् ।

खेलको क्रममा क्रिजमा रहेका एडिलेडका ओपनिङ ब्याट्सम्यान ज्याक वेदरार्ड एउटै बलमा दुई पटक रनआउट भएका हुन् । नन्स्ट्राइकर पोजिसनमा रहेका उनी खेलको दशौँ ओभरको पाचौँ बलमा दुई पटक आउट भएका हुन् ।

थन्डर्सका क्रिस ग्रिनले फालेको बल एडिलेडका फिल साल्टले खेलेका थिए । उक्त बल नन्स्ट्राइकर वेदरार्डको स्टम्पमा लागेको थियो । सो समयमा उनी आउट भएनभएको विषयमा प्रष्ट थिएन ।

त्यसपछि उनहरु रनका लागि दौडिएका थिए । दुई ब्याट्सम्यानबीच आपसी समन्वयको अभाव हुँदा वेदरार्ड रनआउट हुन पुगे । पछि भिडियोमा हेर्दा उनी सुरुमै स्टम्पमा लागेको समयमानै आउट भएको देखियो ।