खैरहनीमा वडाध्यक्ष निधनको शोक : एक दिनका लागि नगरपालिका बन्द
सौराहा अनलाइन | २०७७, ११ माघ आईतवार

खैरहनी : वडा अध्यक्षको निधनको शोकमा चितवनको खैरहनी नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु आज आइतबार बन्द गरिएको छ । खैरहनी वडा नम्बर १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको माघ ९ गते निधन भएको थियो ।
नगर कार्यपालिकाको आइतबार आजै बिहान बसेको बैठकले नगरपालिका कार्यालय र नगरपालिका अन्तर्गतका १३ ओटै वडा कार्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले जानकारी दिए । नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्ष उप्रेतीको निधनको शोकमा नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा तीन दिन रास्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
त्यस्तै नगरपालिका र वडा नम्बर १३ को वडा कार्यालयमा १३ दिन शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको छ । रक्तचाप कम भएर बेहोस भइ चितवन मेडिकल कलेजमा उपचारका क्रममा वडा अध्यक्ष उप्रेतीको निधन भएको हो । वडा अध्यक्ष उप्रेतीको निधन पछि शनिबार तय भएको आठौं नगर सभा समेत अनिश्चित समयका लागि स्थगित भइसकेको छ ।
सम्बन्धित शीर्षकहरु

भारतको बजेट अधिवेशन सोमबारदेखि सुरु हुने २०७७, २३ फाल्गुन आईतवार

शेयर बजार २१ अंकले घट्यो, सबैभन्दा बढी कारोबार निफ्राको २०७७, २३ फाल्गुन आईतवार

वसन्त यामको आरोहणका लागि धमाधम आउनथाले आरोही २०७७, २३ फाल्गुन आईतवार

विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९६.३ प्रतिशत सङ्क्रमण मुक्त २०७७, २३ फाल्गुन आईतवार

लिटिल फ्लावर स्कुलमा नेपालमै पहिलो पटक क्याम्ब्रिज एसेसमेन्ट अंँग्रेजी भाषाका कक्षा शुरु हुदै २०७७, २३ फाल्गुन आईतवार

कोरोनाका कारण भयावह बन्दै ब्राजिल, एकैदिन १५ सयभन्दा बढीको मृत्यु २०७७, २३ फाल्गुन आईतवार
मूल खबर
सबैप्रचण्ड-माधव समूहले दिएको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र दर्ता गर्न संघीय संसद सचिवालयले.....