जनगणना २०७८ मा जागिर खान यसो गर्नुहोस्

गैँडाकोट । राष्ट्रिय जनगणना २०७८ का लागि कर्मचारी माग गरिएको छ । त्यसका लागी अनलाईन आवेदन गर्न आह्वान गरिएको हो ।

यस पटक अनलाइन आवेदन माग गरिएको हो । त्यसरी अनलाइन आवेदनबाट सर्टलिष्टमा परेकाहरुसँग जिल्लाले थप परीक्षण गरेपछि कर्मचारी राखिने बताइएको छ । सुपरिवेक्षकका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको र १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको तथा महिलाहरु ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । साथै गणकहरुका लागि प्लस टु पास गरेको हुनुपर्ने र उमेर हद उही राखिएको छ ।

थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्न सकिनेछ र सोही अनुसार दिएको निर्देशन पछ्याउँदै फाराम भर्न सकिनेछ । लिंक तल हेर्नुहोस्

https://censushrms.cbs.gov.np/?fbclid=IwAR0zs9Fvp1Y-8xYSCiYXfh8MHevEMF9T7RPVD4W8GwyjvDI2AgmXhzHuSRM

Promise Education Consultancy