विचलित छैनन् प्रचण्डको गृह जिल्लाका पुर्व पूर्वजनमुक्ति सेनाका कमाण्डर

बिकास बास्तोला, चितवन : पूर्वजनमुक्ति सेनाका कमाण्डरहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । पूर्वजनमुक्ति सेनाका समस्या बताउन उनीहरु प्रधानमन्त्रीलाई भेट गरे । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा पूर्वजनमुक्ति सेनाहरुले आफुहरुको समस्या प्रचण्डले मात्र समाधान गर्ने क्षमता राख्ने बताएका छन् । पूर्वजनमुक्ति सेनाहरुको कालिका नगरपालिकामा भएको भेलाले संबिधान कुल्चिएर संसद विघटन गर्ने ओलीबाट अब देश र जनताको पक्षमा काम हुने आश पनि नभएको उनीहरुको टिप्पणी छ । केहि पूर्वजनमुक्ति सेनाका कमाण्डरहरु प्रधानमन्त्रीलाई भेटेपनि आफुहरु भने प्रचण्डको साथमा नै रहेको उनीहरुको भनाइ छ ।
भेलाले पूर्वजनमुक्ति सेनाले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई प्रधानमन्त्रीले अलोकतान्त्रिक तवरले गरेको प्रहारका विरुद्ध फेरी एकपटक संघर्ष गर्न आवस्यक भएको निस्कर्ष निकालेको छ । कार्यक्रम जनमुक्ति सेना पुर्व विग्रेड सह कमाण्डर दुर्गालाल पुन ’कन्चन’को सभापतित्वमामा सम्पन्न भएको थियो। पुर्व जनमुक्ति सेनाका चितवन जिल्ला अध्यक्ष देवी प्रसाद ढकाल ’विन्द्र’, सबिता लामा, कर्ण बहादुर आग्री, बुद्धि प्रसाद पाण्डे लगाएतको उपस्थिति थियो।

Promise Education Consultancy