विरोध सभाको समीक्षा गर्न प्रचण्ड-माधवको स्थायी समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले स्थायी समिति बैठक बोलाएको छ । शुक्रबारको विरोध सभा र आगामी रणनीतिको विषयमा छलफल तथा समीक्षा गर्नका लागि बैठक भोलि आइतबार बस्न लागेको हो ।

प्रचण्ड-माधव समूहले हिजो शुक्रबार काठमाडौंमा विरोध सभा गरेको थियो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-माधव समूह सडक संघर्षमा रहेको छ ।

Promise Education Consultancy