भरतपुर ११ बाइपास रोडमा भेटियो शंकास्पद बस्तु, बाइपास रोड बन्द

चितवन : भरतपुर महानगरपालिका ११ मा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । भरतपुर आँखा अस्पतालको अगाडी बीच बाटोमा सो बस्तु फेला परेको हो । मोटरसाइकलमा बम लेखेर झोला राखिएको बुझिएको छ । अहिले पुर्व पश्चिम राजमार्गमाअन्तर्गत पर्ने बाइपास रोड ( आँपटारी देखि हाकिमचोक सम्म) आवत जावत बन्द गरेर डिस्पोजको तयारी भईरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुर्य थापाका अनुसार प्रहरीले अहिले डिस्पोजको लागी नेपाली सेनासंग समन्वय गरिरहेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।