सपनाले सपना पुरा गर्दै मुसहरको, माछा मार्न छाडेर तरकारी खेतीमा रमाउदै मुसहर महिला

चितवन : माछा मारेर विहान बेलुकाको छाक टार्ने रत्ननगर ७ मालपुरका मुसहर महिलाहरुको दैनिकी फेरिएको छ । कि घर भित्रै बस्ने की घौका लिएर माछा मार्न खोलामा जाने मुसहर महिलाहरु आजभोली जीविकोपार्जनमा लागेका हुन ।

सीमान्तकृ समुदायका महिलाहरु आजभोली माछा मार्न छाडेर तरकारी खेतीमा रमाउन थालेका छन । आर्थिक र सामाजिक हिसाबले पछाडि परेका मुसहर महिलाहरु आम्दानीको श्रोत नभएर हेपिएर बस्दै आएका थिए । लामो समय सम्म कष्टकर जीवन विताउदै आएका उनीहरुमा आयआर्जन मार्फत जीवनलाई सहज बनाउनु पर्छ भन्ने सोचको विकास हुँदै आएको छ । तरकारी खेती गरेर जीवनलाई सहज बनाउने काममा महिलाहरुलाई सपना भिलेज सोसल इम्प्याक्टले साथ दिएको छ । वडा नं ७ का महिलाहरुले वडा नं ८ बगर टोल नजिक रहेको खाली जग्गा खनजोत गरी तरकारी लगाएका छन ।

सपना भिलेजले तरकारी खेती गर्न जग्गा,सिंचाई,मल,बीउ,बेर्ना सबैको ताजोमाजो मिलाएको छ । एक बर्ष अघि सुरु गरिएको फर्ममा मौसम अनुसार आलु,कोउली,बन्दा,खुर्सानी फालाएका छन । सामुहिक तरकारी खेतीका लागि उनीहरुले सपना मध्यवर्ती महिला मुसहर कृषक समुह गठन गरेका छन । समुहमा बस्तीका ३९ जना महिलाहरु आबद्ध छन । उनीहरुले नै दैनिक तरकारी खेतीको रेखदेख तथा गोडमेल गर्छन । समुहकी उपाध्यक्ष रिता माझीले माछा मार्ने छाडेर तरकारी खेती सुरु गरिएको बताइन । तरकारी खेतीबाट जीवन उकास्ने योजना रहेको उनले बताइन ।

सधैं माछा मारेर मात्र खाएर हुँदैन भन्ने लाग्यो रिताले भनिन् दुखका दिनबाट छुट्करा पाउन तरकारी खेती सुरु गरेका हौं । उनले सामुहिक तरकारी खेतीबाट भएको आम्दानीले पहिलो चरणमा तरकारी खेतीको क्षेत्रफल बढाउदै लैजाने र दोश्रो र तेश्रो बर्षबाट मात्र आम्दानी बाढ्ने योजना रहेको सुनाइन । सुरुमा कमाएको पैसा तरकारी खेतीमै लगानी गछौं उनले भनिन् पछि धेरै आम्दानी हुन थालेपछि आम्दानी बाढ्ने छौं ।

मुसहर बस्तीका महिलाहरु तरकारी खेती गर्न थालेपछि पुरुषहरुले विहान बेलुकाको टाक टार्न ज्याला मजदुरी गर्न थालेका छन । दुई चार बर्ष पछि सुख प्राप्त हुने आशाका साथ श्रीमान श्रीमति बीच सहमति गरेर कामको बाँडफाड गरेको रिताले बताइन । मुसहर बस्तीका सबै श्रीमान श्रीमतिले एक आपसमा सहमती गरेका छन । कृषक समुहकी सचिव कलिसा माझीले मुसहर समुदायका महिलाको आर्थिक विकासका लागि सामुहिक तरकारी खेती सुरु गरिएको बताइन ।

काम नभएर हामी अल्छी भयौं उनले भनिन् काम नगरेपछि कसरी गुँजरा चल्छ । पहिलो चरणमा एक विघा क्षेत्रफलमा सामुहिक तरकारी खेती सुरु गरिएको कलिसाले बताइन । सुरुमा सबै दिदी बहिनीलाई खेतमा ल्याउनै समस्या भयो उनले भनिन् तरकारी हुर्किन थालेपछि अहिले सबै जनाले काम गर्न थाल्नु भएको छ । सीमान्तकृत मुसहर समुदायका महिलाहरुलाई तरकारी खेतीका लागि सबै व्यवस्थापन सपना भिलेज सोसल इम्प्याक्टले मिलाएको हो ।

सपना भिलेजले पहिलो बर्ष सबै लगानी गर्ने,दोश्रो बर्ष ५० प्रतिशत लगानी गर्ने र तेश्रो बर्ष २५ प्रतिशत लगानी गर्ने र त्यसपछि तरकारी विक्रीबाट भएको आम्दानीले नै सामुहिक तरकारी खेतीलाई निरन्तरता दिने गरी काम सुरु गरिएको हो ।

हामी सधैं पैसा लगानी गर्न सक्दैनौं सपना भिलेजका अध्यक्ष धु्रव गिरीले भने महिलाहरुलाई कामप्रति लगाव नहुन्जेल सम्म लगानी गछौं,त्यपछि तरकारी विक्रीबाट भएको आम्दानीनै नै क्षेत्रफल बढाउनु पर्छ । तीन बर्ष पछि तरकारी विक्रीबाट भएको आम्दानी व्यक्तिगत रुपमा खर्च गर्न पाउने गरी बाडफाड गर्न पाइने छ ।

तरकारी खेतीको औपचारिक उद्घाटन गर्दै रत्ननगरका मेयर नारायण वनले चेतनाको अभावका कारण मुसहर महिलाहरु पछाडि परेको भन्दै उनीहरुले काम गर्न चाहे स्थानीय सरकारले सहयोग गर्ने बताए ।

Promise Education Consultancy