नेपालको राजनीति र सीमा विवाद

सम्पादकीय : सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । बैठकमा सीमा सम्बन्धी मामिलालाई नेपाली पक्षले उठाएपनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पु¥याउनुपर्ने विषय’ भन्दै पन्छाएपछि यसमा सामान्य छलफल मात्र भएको छ । सीमाको मुद्दामा छलफल भएको र टुंगोमा पुग्न बाँकी खण्डलाई चाँडो निष्कर्षमा पु¥याउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको छ ।

तर प्राथमिकताका साथ उठाउनु पर्ने मुद्धालाई वेवास्था गर्नु राम्रो संकेत पटकै होइन । बैंठममा लामो समयदेखि थाती रहेको प्रबुद्ध समूहको बारेमा भारतीय पक्षबाट ठोस जवाफ आएन । दुई देशबीचको सम्बन्ध संस्कृति,धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यतालाई आधार मनाएर सीमा विवाद हल गर्नुपर्ने आवश्यकता छ । सीमा विवाद सामधान हुन सक्यो भने मात्र नेपाल भरत सम्बन्ध थप उचाईमा पुग्ने छ ।

नेपाल सरकारले भारतले दावी गरिरहेको लिपुलेक,लिम्पियाधुरा लगायतका भूमीलाई नेपालको नक्समा समवेस गरेपछि उत्पन्न परिस्थित दुई देशको सम्बन्धका हिसाबले सहज बनेको थिएन । नेपाल सानो देश भनेर भारतले दवाउदै आएको विगतको इतिहासलाई बदल्ने हिसाबले प्रधानमन्त्री केपिशर्मा ओलीले अतिक्रमित नेपाली भूमि फिर्ता गरी नक्सामा समाबेश गरेका छन ।

उनको यो कदमलाई सम्पूर्ण नेपालीहरुले स्वागत मात्र गरेनन्,प्रधानमन्त्री ओलीको यो कामलाई जनताले साथ समेत दिए । विकसित राजनीतिक घट्नाक्रम संगै नेपालमा संसद् विघटन भएपछि उत्पन्न अस्थिरताका बीचमा भारतले नेपालका महत्वपूर्ण भूभागहरुलाई अतिक्रमण गर्ने चेस्टा गरिरहेको छ । राजनीतिक अस्थिरताका बीचमा भारतले लिन खोजेको फाइदाको विषयमा सबै नेपाली सचेत हुनुपर्ने देखिन्छ ।

नेपालको राजनीतिले नेपाल र भारत बीचको सीमा विवादलाई अझ उचाइमा पु¥याउने सम्भावनाका बीचमा यसको सामधान खोज्नु पर्ने देखिन्छ । भर्खरै सकिएको बैंठकमा भारतीय पक्षले सीमा विवादको विषयमा चासो नदिनु शंकाको विषय हो ।

अन्य कुरामा दफाबार छलफल गर्ने र सीमा विवादको विषयलाई थाती राख्ने भारतीय पक्षको नियत के हो भन्ने बुझ्न ढिलो गरियो भने भारतले नेपालप्रति हेर्ने दृष्टिकोण उही पुरानै शैलीमा फर्कने सम्भावना उत्तीकै छ । त्यसैले नेपालको अस्थिर राजनीतिका बीचमा पनि सीमा विवादको विषयमा प्राथमिकता दिएर समस्या समाधान तिर नलाग्ने हो भने भारतले नेपालको भूमी मिच्दै जाने र नेपाल टुलुटुलु हेर्ने बाहेको अन्य विकल्प हुने छैन ।

Promise Education Consultancy