खैरहनी १३ का वडा अध्यक्ष उप्रेतीको निधन

चितवन :  चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको आज सांझ निधन भएको छ । प्रेसर लो भएर अस्पतालमा उपचाररत उनको सांझ पौने ८ बजेतिर निधन भएको हो ।

प्रेसर लो भइ चितवन मेडिकल कलेजमा उपचारका क्रममा स्वास्थ्यमा सुधार भए पनि सांझ खाना खाने क्रममा सर्किएर निधन भएको खैरहनी १२ का वडा अध्यक्ष  टिकाराम तिमल्सिनाले जानकारी दिए । प्रेसर लो भएर उनी बेहोस भए पछि अस्पताल लगिएको थियो । स्वर्गीय उप्रेती मुटुको समस्याबाट पनिपीडित थिए । स्थानीय तहको निर्वाचनमा ५६ बर्षिय उप्रेती नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । उप्रेतीका श्रीमति र तिन छोरा छन् । उप्रेतीको भोलि शनिबार अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।
वडा अध्यक्ष उप्रेतीको निधनप्रति नगर प्रमुख लालमणी चौधरीले दुख व्यक्त गर्दै भोलि शनिबारका लागि तय भएको आठौं नगर सभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी दिए ।

Promise Education Consultancy