प्रचण्डको निर्वाचन क्षेत्रमा ओलीको अवरोध, माडीमा सबै पुल निर्माण रोकिए

चितवन : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा केन्द्रीय राजनितिको प्रभावले विकास निर्माणको काममा समेत प्रभावित पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको निर्वाचन क्षेत्र लक्षित गरि विकास निमार्णका काममा अवरोध गर्ने कार्यको सुरुवात गरेका छन् । फलस्वरुप चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीमा निर्माणाधीन सबै पुलहरुको निर्माण कार्य रोकिदिएको छ । गएको निर्वाचनमा प्रचण्ड संगै माडी पुगेर प्रम ओलीले माडी पुगेर माडीलाई मणी बनाउने उद्घोष गरेका थिए । तर उनको यो कदमले स्यम् माडीबासी  आश्चर्यचकित भएका छन् ।

निकुञ्ज प्रशासनले नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीमा निर्माणाधीन अवस्थामा रहेका चिताई, मगोई, रौतने, बाँदरमुढे, परुई, रीउ लगायतका करीब एक दर्जन खोलाहरुको पुल निर्माण कार्य रोकिदिएको हो । प्रारम्भीक वातावरणीय परीक्षण आई.ई.ई. कार्य बाँकी रहेको भन्दै निकुञ्जले सो प्रतिवेदनको माग गर्दै काम रोक्न लगाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

पछिल्लो समय माडीमा हुलाकी बाटो र पुल निर्माण कार्यले तीब्रता पाएका थिए । लकडाउन र निशेषाज्ञाका कारण यसैपनि ढिलाई भइरहेको पुल निर्माणकार्य रोकिएसंगै निर्माण मजदुर र प्राविधिकहरु कार्यस्थलबाट फर्किन थालेका छन् ।
उता, भरतपुर महानगरको गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको सिटिहललाई समेत प्रतिष्ठाको बिषय संग जोड्दै प्रधानमन्त्री ओली शिलान्यास गर्न आउने कार्यक्रम तय भएको उनी निकट श्रोतले जानकारी दिएको छ ।

Promise Education Consultancy