घनश्याम भुषालको केपी ओलीलाई निम्तो : समय छँदै फिर्ता हुनुस्  

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओली समयको गतिमा आउनका लागि ब्युझनुपर्ने बताएका छन् ।

रत्नपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले ओलीलाई समय छँदै आफ्नो निर्णयबाट फिर्ता हुन आग्रहसमेत गरेका छन् । प्रतिगामी कदम ल्याग्दै समयमै फिर्ता हुन उनले अनुरोध गरे ।