प्रचण्ड–माधव समूहको काठमाडौंमा जुलुस प्रदर्शन सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहको काठमाडौंमा जुलुस प्रदर्शन सुरु भएको छ । काठमाडौंको मुख्य चोकहरुबाट जुलुस सुरु भएका छन् ।

उपत्यकाको विभिन्न ९ ठाउँ माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, वाल्मिकी कलेज, लैनचौर, डिल्लीबजार, प्रर्दशनी मार्ग, शान्तिबाटीकाबाट विरोध र्याली सुरु भएको हो । र्याली रत्नपार्कतर्फ अघि बढेको छ ।


विरोध जुलुसमा काठमाडौं उपत्यका बाहिरबाट आएकाहरुको सहभागिता बढी देखिन्छन् । रत्नपार्कमा हुने विरोधसभाका लागि तीनतिर फर्काएर मञ्च बनाइसकेका छन् ।

Promise Education Consultancy