रत्ननगरमा बाल विवाहविरुद्ध सचेतना कार्यक्रम

रत्ननगर : रत्ननगर नगरपालिकाले बाल विवाह विरुद्ध सचेतना तथा प्रतिबद्धता कार्यक्रम गरेको छ । बुधवार वडा नं २ मा सचेतना मुलक कार्यक्रम गरेको नगरपालिकाले विहीवार वडा नं १ मा सचेतना तथा प्रतिबद्धता कार्यक्रम गरेको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिका महिला,वालवालिका ज्येष्ठ नागरिक शाखाकी प्रमुख महिला विकास अधिकृत दीपा घिमिरेले बाल विवाहको अबस्था,कानुनी प्राबधान र अधिकारकर्मीहरुले गर्नुपर्ने प्रयासका बारेमा प्रशिक्षण दिएकी थिइन । वडा नं १ का कार्यबहाक वडा अध्यक्ष वाबुराम गौतम प्रमुख अतिथि रहेको कार्यक्रम महिला विकास निरीक्षक रञ्जना पौडेलले सञ्चालन गरेकी थिइन ।
कार्यक्रम महिला विकास अधिकृत दीपा घिमिरेको अध्यक्षता भएको कार्यक्रममा सरोकारवालाहरुले वाल विवाह गर्नलाई प्रोत्सहान नगर्ने,वाल विवाह गरेको थाहा पाएर रोक्न पहल गर्ने तथा समाजमा वाल विवाह कुनै पनि हालतका हुन नदिने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाले बाल विवाह विरुद्ध सचेतना फैलाउन विद्यालय तथा वडागत रुपमा कार्यक्रम सुरु गरेको छ ।